Logo
३० बैशाख २०८१, आईतबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड कलाकार दिव्या चौस्केको २६ वर्षको उमेरमा निधन

भारतीय बलिउड कलाकार दिव्या चौस्केको २६ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

उनले “अपना दिल तो आवारा” मार्फत फिल्म क्षेत्रमा फड्को मारेको थिइन् । दिव्याको कजन भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै उनको निधन भएको जानकारी दिएका हुन् ।

उनी लामोसमय देखि बिरामी थिइन् । उनी क्यान्सरसँग लडिरहेको थिइन्, अन्त्यमा उनले क्यान्सरलाई जित्न सकिन्न र संसारबाट नै बिदा भइन् ।

दिव्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् । उनी मोडलिङमा पनि सक्रिय रहेको बताइएको छ ।

उनले इन्टाग्राममा भाबुक पोष्ट गरेको थिइन् । जहाँ उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेको छिन् ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्