Logo
६ जेष्ठ २०८१, आईतबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको विभिन्न ठाउँहरु जलमग्न, सौराहामा दर्जनबढी होटल डुबानमा (तस्विर सहित)

चितवन : अविरल वर्षापछि पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।

खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण बनले जानकारी दिए।

बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर-७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।

आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा नगर प्रमुख नारायण वनले सौराहा क्षेत्र डुवानको खतरामा रहेको बताएका थिए ।

नेपाल र नेपालीका लागि विश्वव्यापी महामारी बनेको कोरोना भाइरसभन्दा वर्षेनी गइरहने बाढी पहिरो र डुबानको समस्या कठोर बनेको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्