Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस्ती भित्र पस्यो सेती नदी, ४२ घर डुबानमा, १५० जनालाई सुरक्षित स्थानमा सारियो

पोखरा : गण्डकी प्रदेश स्थित तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा ४२ घर डुबानमा परेका छन् ।

लगातारको वर्षाले सेती नदी बहाव निकैनै बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका हुन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘सेती नदी बसेर बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ ।

सेती र सुरौंदी खोलाले थप क्षति पुर्‍याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्