Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साम्राज्ञीपछि क्यानडाबाट स्वेता रेग्मीले लगाइन् भुवन केसीमाथि दुर्व्यवहार गरेको आरोप

नेपाली सिनेमा भित्र रहेका नकरात्क कुरालाई पिछिल्लो समयमा एक पछि अर्को गरेर आइरहेका छन् । भरखरै मात्र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यू सिनेमा ‘ड्रिम्स’ को सुटिङका समयमा दुर्व्यवहार भएको भन्दै भुवन केसीलाई आरोप लगाएकी थिइन ।

साम्राज्ञीको आरोप खेपिरहेका अभिनेता भुवन केसीमाथि फेरि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन्।

फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडिओ राख्दै स्वेता रेग्मी नामकी महिलाले यस्तो आरोप लगाएकी हुन्।

उनले फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महशुस भएको बताएकी छन्।

रेग्मीले सार्वजनिक गरेको च्याटको स्क्रिन भिडिओमा उनले आफूलाई आपत्तिजनक लागेका भुवनका भनाइहरूमा रातो घेरा लगाएकी छन्।

यसैगरी लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी छन्।

भिडिओमा उनले आफूमाथि भएको दुर्व्यवहारबारे जसलाई परेको हो उसले आफूलाई सहज लागेको बेला भन्ने अधिकार रहेको र त्यसमाथि कसैले ‘पहिला किन नभनेको’ ? भनेर प्रश्न गर्नु उचित नहुने बताएकी छन्।

उनले भिडिओमा आफू एउटा पीडित भएरभन्दा पनि यस्ता घटनामा साथ दिनका लागि आएको बताएकी छन्।

यसैगरी उनले आफूले क्यानडामा काम गर्दा आफूभन्दा उच्च तहका पुरूष कर्मचारीले निरन्तर आफ्नो पहिरन र शरीरलाई लिएर गरेको अशोभनीय र असहज टिप्पणीबारे काम गर्न छोडेको पाँच वर्षपछि मुद्दा दायर गरेको र सो मुद्दा जितेको उल्लेख गर्दै यस्ता घटनामा चुप नबस्न आग्रह गरेकी छन्।

ले निरन्तर आफ्नो पहिरन र शरीरलाई लिएर गरेको अशोभनीय र असहज टिप्पणीबारे काम गर्न छोडेको पाँच वर्षपछि मुद्दा दायर गरेको र सो मुद्दा जितेको उल्लेख गर्दै यस्ता घटनामा चुप नबस्न आग्रह गरेकी छन्।

हेर्नुस् भिडिओः

आफूमाथि दुर्व्यवहारको आरोप लागेपछि अभिनेता भुवन केसीले उक्त आरोपको खण्डन गर्दै साम्राज्ञीका कारण आफ्नो अपमान भएको भन्दै छानविनका लागि कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्