Logo
९ जेष्ठ २०८१, बुधबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत सबैभन्दा धेरै कोरोना सङ्क्रमित देशमध्ये विश्वकै तेस्रो स्थानमा

विश्वमा अहिले विश्वमाहामारी रुपमा फैलिएको सबैभन्दा धेरै केरोना सङ्क्रमित भएको देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ ।

भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।

रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ ।अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।

यस्तै पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित भएको छन् ।  पाकिस्तान १२ औँ बढीसङ्क्रमित भएको देश बनेको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्