Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

काठमाडौं : नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण ६ महिनादेखि बन्द दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

सोमबार नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको भन्सार प्रमुख खड्काले बताए । सोमबार पहिलो चरणमा केही अघिदेखी नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउहरु नेपाल भित्रिने उनले बताए ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ ।नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने र त्यसकालागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जनाएको छ ।

सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भएको हो ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्