Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीबाट नेपाल फर्कन ‘एक्जिट भिसा’ लिएपछि मात्रै टिकट काट्न दूतावासको अनुरोध

पछिल्लो समयमा विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याइरहेको अवस्थामा साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ लिएपछि मात्रै टिकट काट्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो ।

दूतावासले ‘एक्जिट भिसा’ लागेको भनेर उल्लेख गरेको आधारमा नाम प्रकाशन गर्ने गरे पनि ‘एक्जिट भिसा’ नलिइ टिकट काट्दा गम्भीर समस्या उत्पन्न भएको बताएको छ । साउदीबाट स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ अनिवार्य छ ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्