Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुलाई अपमान हुने सामाग्री सामाजिक सञ्जालमा नराख्न साम्राज्ञीलाई भुवनको चेतावनी

पछिल्लो समयामा साम्राज्ञी र भुवन विच आरोप-प्रत्यारोप चलीरहेको अवस्थामा नायिका साम्राज्ञी शाहलाई नायक भुवन केसीले आफुलाई अपमान हुने सामाग्री सामाजिक सञ्जालमा नराख्न चेतावनी दिएका छन् ।

साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’को छायांकनको क्रममा आफुमाथी भेदभाव भएको र जापानको एक कार्यक्रममा नायक भुवन केसीले यौन व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गरेकी थिइन् ।

भुवन केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन स्तेस्ता मानमर्दन हुने प्रकारका सामाग्री सामाजिक सञ्जालमा नराख्न सुचित गर्दछु ।’

भुवनले चेतावनी दिदै अगाडी लेखेका छन्, ‘यो सुचना को बाबजुद तपाईं ले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुन को प्रगोग गरी मलाई पुग्न गएको मान सम्मान को हानी नोक्सनी उपर तपाईं बाट एथोचित क्षति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायेको भागेदारी गराउनु को निमित्त,आवश्यक कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईं लाई बढो दुख का साथ जानकारी गराउदछु । ’

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्