Logo
१५ बैशाख २०८१, शनिबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संगठन विस्तारको लागि कुनै ठोस काम नगरेको भन्दै नेविसङ्घ नेतृत्वप्रति देउवाको आक्रोस

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेविसङ्घ नेतृत्वप्रति आक्रोशित भएका छन् ।

उनले नेविसंघ नेताहरु काठमाडौंमा भाषणबाजीमा व्यस्त रहेको र संगठन विस्तारको लागि कुनै ठोस काम नगरेको भन्दै आक्रोश पोखेका थिए ।

उनले भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुलाई गाउँ गाउँ र स्कुलमा संगठन नबनाएको भन्दै गुनासो पोखेका छन् ।
शुक्रबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा छोटो सम्बोधन गरेका देउवाले त्यही छोटो समयमा पनि नेविसंघ नेताहरुलाई थर्काएका छन् ।

उनले नेविसंघले जहाँपनि हारेको भन्दै पहिले संगठनलाई जताततै विजय बनाउनको लागि नेविसंघ नेताहरुलाई निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्