Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा ओली-प्रचण्डको निर्णायक वार्ता : विष्णु पौडेल र जनार्दन शर्माको पनि सहभागीता

आन्तरिक विवादमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु बीच शुक्रबार निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माको सहभागीता रहेको छ ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि विवाद थप उचाइमा पुगेको थियो ।

स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवेशन अनत्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधिवेसन अन्त्यको निर्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्