Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल निम्न आयबाट मध्यम आए भएको देशमा उक्लिएको विश्व बैंकद्वारा सार्वजनिक

विश्व बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको छ ।

गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ ।

नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर आर्थिक वृद्धि क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।

दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश माल्दिभ्स रहेको छ ।

सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ ।

माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो ।

तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ।गएको वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चेको छ ।

दक्षिण एशियाली देशमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा रहेको छ । अफगानिस्तानको प्रतिव्यक्ति आय ५ सय ४० अमेरिकी डलरमात्रै रहेको विश्व बैंकको तथ्याँकले देखाएको छ ।

विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ ।

विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका देशहरुलाई न्यून आयवर्गमा, त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ ।

४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्