Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमलटारमा ओली निकटका नेताहरु प्रचण्डसँग छलफल गर्दै

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग खुमलटारमा छलफल गरिरहेका छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ ।छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्