Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमण तिब्र फैलिदै, एकै दिनमा १९ हजारभन्दा बढी संक्रमित

छिमेकी देश भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारी अनुसारअहिलेसम्म कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ ।

भारतमा गएको २४ घण्टामा ३८० व्यक्तिको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १६ हजार ५०७ पुगेको छ ।

देशभरी अहिले २ लाख १० हजार १२० जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख २१ हजार ७२३ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ६४ हजार ६२६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्