Logo
२२ बैशाख २०८१, शनिबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनसँगै बन्द भएको सेयर बजार सोमबारदेखि खुल्ने

नेपालको सेयर बजार सोमबार देखि खुल्ने भएको छ ।

आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको हो ।

चैत ११ गतेबाट सुरु भएको लकडाउनसँगै बन्द भएको बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यो अवधिमा कारोवार अवधि, सर्किटको सिस्टम परिवर्तन गरेर बजार खोलिएको थियो ।

पुनः बन्द भएको बजार सोमबारबाट खुल्न लागेको हो । अब भने कुन मोडलमा खुल्ने हो भन्ने यकिन भएको छैन । बजार कुन मोडलमा खोल्ने निर्णय भने नेप्सेले गर्ने बोर्ड स्रोतको भनाइ छ ।

उद्योग व्यवसाय सबै खुले पनि सेयर बजार बन्द भएपछि चौतर्फि विरोध भयो । विरोध भएपछि बोर्डले कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन बुझाई सकेको छ ।

प्रतिवेदनलाई आधार मान्दै बजार खोल्ने निर्णय भएको र उक्त निर्णयमा अन्तिम हस्ताक्षर हुन बाँकी रहेको बोर्डका एक अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्