Logo
२ जेष्ठ २०८१, बुधबार
(June 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अपस्पतालमा उपचारत कैलालीका थप एक कोरोना सङक्रमितको मृत्यु

सुदूपश्चिम पदेश स्थित कैलालीका थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा ज्यान गएको अस्पतालले जनाएको छ

उनी क्यान्सरको बिरामी थिए । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो ।

शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ ।

सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्याँ ६ पुगेको छ भने देशभर कोरोनाको कारण २८ जनाले ज्यान गुमाएका छन् । कैलालीमा मात्रै कोरोनाका कारण चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jun 27, 2020

प्रतिक्रिया दिनुहोस्