Logo
२ जेष्ठ २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट पाटन अस्पतालमा उपचारत ५० वर्षीय पुरुषको मृत्यु

पछिल्लो समयमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढीरहेको अवस्थामा आज ललितपुरको पाटन अस्पतालमा उपचारत एकजना कोरोना भाइरस संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ।

चितवन घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ५० वर्षीय पुरुषको आजबिहान उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिए।

मृतक पुरुषको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। यस अघि गएराति पोखरामा एक संक्रमितको मृत्यु भएको थियो ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बिहीबार मात्र थप दुई जनाको मृत्यु भएको हो ।

यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्