Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा कारोना संक्रमितको शव व्यवस्थापन गर्दा झडप, प्रहरीद्वारा हवाइ फायर

गण्डकी प्रदेश स्थित कास्कीको पोखरामा उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका  ५५ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि झडप हुदाँ प्रहरीले पाँच राउण्ड हवाई पायर गरेको छ ।

उनको शवलाई पोखरा महानगरपालिको मजुवा घाटमा व्यवस्थापनका लागि लैजाँदा अवरोध भएको हो । त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको  जानकारी दिएका छन् ।

स्रोतका अनुसार मजुवामा शव व्यवस्थापनका क्रममा झडप भएको जानकारी दिएका छन् । कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ ।

पोखरा महानगरपालिकाले मजुवा घाट शव व्यवस्थापनका लागि तय गरेपछि त्यतै लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए ।

उनीहरुले टायर बालेर विरोध गरेका थिए । प्रहरीले अवरोध गर्नेलाई पन्छाउन खोज्दा झडप भएको हो ।

यसैगरी बुधबार साँझ कोरोना संक्रमणबाट मृत्यु भएका किराना तथा खाजाको पसल गर्ने स्थानीय व्यापारी रहेको खुलेको छ ।

मृत्यु भएका पुरुष किरानासहितको व्यापार गर्ने र पुतलीबजारबाट सामग्री लिने गरेको तथा छ महिनाबाट घरबाहिर व्यापारबाहेक अन्य कामको लागि ननिस्केको परिवारले जनाएको छ ।

कुनै ट्राभल हिस्ट्री नभई अर्जुन चौपारी गाउँपालिका -४ राम्चेका एक पुरुषको कोरोना भाइरसका कारण बिहीबार पोखरा क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मृतकले आँधीखोला गाउँपालिका९१, पञ्चमुलमा किराना र खाजाको पसल गर्दै आएका थिए । मृतकलाई ज्वरो आएपछि असार ७ गते फेवा सिटीमा अस्पताल पोखरा लगिएकोमा कोरोनाको शङ्कामा उपचार गर्न नमानेपछि गण्डकी क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

गण्डकी अस्पतालमा उनको स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखेर असार ८ गतेबाट उपचार गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुष कोरोनाको सङक्रमण देखिएपछि आमा रहेको घरमा असार ३ गते मात्र बाबुको श्राद्धमा पुगेका थिए ।

मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका आँधीखोला र अर्जुन चौपारीका ३५ जनाको सूची तयार भएको र शुक्रबार स्वाब लिएर परीक्षण गरिने बताइएको छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्