Logo
२ जेष्ठ २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा एकैदिन कोरोना संक्रमण पुष्‍टि

पाल्पामा थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालले एक सूचना जारी गरेर संक्रमणको पुष्‍टि गरेको छ।

कोभिड-१९ पोजिटिभ देखिएका सबै ९३ जना निस्दी गाउँपालिकाका वासिन्दा रहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए।

उनीहरु सबैलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्