Logo
२ जेष्ठ २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाबाट थप एक जना ५५ बर्षीय पुरुषको मृत्यु

गण्डकी प्रदेश स्थित स्याङजाका कोरोना सङ्क्रमित ५५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको ज्यान गएको हो ।

असार ८ गते अस्पताल भर्ना भएका ५५ वर्षका पुरुषको गएराति ज्यान गएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

ती पुरुषमा कोभिड १९ सङ्क्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यो सहित स्याङजामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि वालिङ ३ का ५८ वर्षका कोरोना सङ्क्रमितको पोखरामा उपचारका क्रममा ज्यान गएको थियो ।

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण तिब्र फैलिनुका साथै ज्यान गुमाउनेको संख्या पनि बडिरहेको छ । कोरोनाबाट गण्डकी प्रदेशमा मात्रै सङ्क्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

गएराति ज्यान गुमाएका पुरुषको ज्यान गएकोबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्