Logo
१९ बैशाख २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका केही ठाउँमा आज दिउसो भारी पानी पर्न सक्ने

मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहनुको साथै देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षापछि कोशी, नारायणी सहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्नेछ । तर सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्