Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेसारमा नेपाल परनिर्भर, भारतसहितका देशबाट २७ करोड ९५ लाखको बेसार आयात

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन यता बेसारका बारेमा विभिन्न खाले अभिवक्ती दिइरहेको बेला मुलुक भने बेसारमा परनिर्भर रहेको तथ्य फेला परेको छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै मुलुकमा विदेशबाट २१ लाख ७९ हजार ८५७ किलोग्राम बेसार आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार ताजा बेसार (नपिसिएको) १ लाख ५ हजार २९ किलोग्राम आयात भएको छ ।

यसैगरी धुलो बेसार २ लाख २५ हजार ७४१ किलोग्राम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । भन्सारको वर्गीकरणअनुसार अन्य बेसार १८ लाख ४९ हजार ८७ किलोग्राम आयात भएको छ ।

उक्त बेसार आयात गर्दा २७ करोड ९५ लाख नेपाली रकम बाहिर गएको छ । भारतसहितका देशबाट नेपालमा यो परिमाणमा बेसार आयात भएको पाइएको छ ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्