Logo
२२ बैशाख २०८१, शनिबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग वाणिज्य महासंघको साधारणसाभा साउनको अन्तिम साता गर्ने प्रस्ताव

कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू भएको लकडाउनका कारण स्थगित नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता आयोजना गर्ने महासंघको पदाधिकारी वैठकले निर्णय गरेको छ।

आज बसेको महासंघको पदाधिकारी बैठकले ५४ औं वार्षिक साधारणसभा तथा चुनाव साउन २१ गतेपछि गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए।

‘साउन २१ गतेदेखि पछि मसान्त अघि साधारणसभा गर्ने निर्णय भएको छ। पादधिकारीको यही निर्णयका आधारमा भोलिको कार्यकारीणी समितिको वैठकमा प्रस्ताव जान्छ’ढकालले भने।

पदाधिकारीको यो निर्णय भोलि बस्ने कार्यसमितिको बैठकमा प्रस्तावका रुपमा पेस हुने छ। कार्यसमितिले निर्णय गरेपछि साधारणसभाको मिति तोकिने छ।

सुरुमा चैत २८ र २९ गते तोकिएको साधारणसभा लकडाउनका कारण स्थगित भएको थियो। त्यसपछि महासंघले जेठ ७ र ८ गतेका लागि तोकेको थियो।

अब साउनमा हुने वार्षिक साधारणसभाले आगामी नयाँ नेतृत्व पनि चयन गर्ने छ। नयाँ नेतृत्वका लागि अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा निश्चित भइसकेका छन् भने बाँकी पदाधीकारीका लागि चुनाव हुने छ।

चुनावका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्