Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथामका लागि करिब ६ अर्ब निकासा

कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले करिब ६ अर्ब निकासा गरेको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर निकाय तथा अस्पतालहरुलाई २ अर्ब ३१ करोड ७० लाख १६ हजार निकासा भएको छ । रक्षा मन्त्रालय र अन्तरनिकायहरुमा–२ अर्ब ३८ करोड ५९ लाख २७ हजार रुपैयाँ, गृह तथा अन्तरनिकायहरुलाई ८ करोड १२ लाख २३ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ४ करोड ४९ लाख ७८ हजार निकासा गरिएको छ ।

त्यस्तै, सहरी विकास मन्त्रालयलाई १ करोड ४२ लाख, परराष्ट्र मन्त्रालयलाई ६ लाख ५० हजार निकासा गरिएको छ भने कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५० करोड निकासा गरिएको छ । कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष (सिसिएमसी) लागी १ करोड ३० लाख ३० हजार निकासा भएको अर्थमन्त्रालयले जनाएको छ ।

सातै प्रदेशलाई गरिएको वित्तिय हस्तान्तरण सामाजिक विकास मन्त्रालयलाई १५ करोड ७५ लाख र स्थानीय तहलाई २५ करोड ३१ लाख गरिएको छ भने रोक्का रकम फुकुवाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा १३ करोड ७४ लाख ७७ हजार पठाएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्