Logo
५ जेष्ठ २०८१, शनिबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहान १०:५० देखि अपरान्ह २:२३ सम्म सूर्यग्रहण : हेर्नुस् नागरिक टाइम्स मार्फत Live

बिहान १० बजेर ५० मिनेटबाट खण्डग्रास सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिने छ । सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन् ।

३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट सूर्यग्रहण देख्न सकिने छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

खगोलविद्हरुका अनुसार दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हने बताइएको छ ।

धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ ।

तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिने छ ।

हेर्नुस् Live भिडियो : 

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्