Logo
२३ बैशाख २०८१, आईतबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी स्थित लौकहीका २ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ स्थित सुनसरी जिल्लाको कोशी गाउँपालीमा थप २ जनामा कोरोना पुष्टि भएको छ । उक्त पालिकोको वडा नम्बर १ स्थित रहेको राजापोखरीको क्वारेन्टाइनमा बसेका २  जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लौकहीकी ती महिलाहरु केहिदिनअघि भारतको दिल्लीबाट आएकी हुन् । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट आएका स्वास्थ्यकर्मीको टोलिले गत असार २ गते ६ जनाको पिसिआर टेस्टका लागि स्वाव लगेकोमा चारजनाको रिपोर्ट आउँदा त्यसमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

कोशी स्वास्थय शाखा प्रमुख मो. जमिल अख्तरका अनुसार २ जानाको नेगेटिभ आएको छ भने थप २ जनाको रिपोर्ट आएको छैन । सो संक्रमित १महिला को २बर्ष को बच्चा समेत रहेको छ उसको पिसियार अब गर्ने स्वास्थ प्रमुख ले बताय

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्