Logo
७ जेष्ठ २०८१, सोमबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय राजधानीमा युवा-विद्यार्थीहरुको रचनात्मक प्रदर्शन, प्रहरीको सैलुट! [फोटो-फिचर]

युवा-विद्यार्थीहरुले शनिबार उनीहरुले काठमाडौँको शहीद गेट क्षेत्रको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरुले शरीरमा बेसार तथा रगतको सांकेतिक रुपमा रातो रंग शरीरमा दलेर सडकमा सुतेका हुन् ।

नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।

पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

युवाहरुले बिहान काठमाडौँको शहीद गेटमा सुतेर प्रदर्शन गरेका हुन् । राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए ।

पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्