Logo
२३ बैशाख २०८१, आईतबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत : एडिबी

एसियाली विकास बैंक (एडिबी) एसियाली अर्थतन्त्रको वृद्धिदर संशोधन गरेको छ। एसियन डेभलपमेन्ट आउटलुकको संशोधित प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले विकासशील अर्थतन्त्रको वृद्धिदर ०.१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको हो।

एडिबीले यसअघि गत अप्रिलमा यो क्षेत्रको वृद्धिदर २.२ प्रतिशत हुने अनुमान गरेको थियो। सन् २०२० को आर्थिक वृद्धि १९६१ यताकै न्यून हो। एडिबीले २०२१ मा यो क्षेत्रको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान पनि गरेको छ।

एडिबीका अनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुनेछ। यसअघि सरकारले पनि २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो।

गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल भएकोमा नेपालको यो वर्ष ५.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने एडिबीको सुरुवाती आँकलन थियो।

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्