Logo
३१ बैशाख २०८१, सोमबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुझनुहोस् ! पायल्स कस्तो रोग हो ?

अहिलेको प्रदोषित वातावरणमा प्राय मानिसहरु बिरामि हुने गर्छन् । मैले अनुभव गरेको मध्य पायल्स पनि एउटा कष्टकार रोग हो । वास्तवमा पायल्स के हो त ? कसिर हुन्छ ?कतिपय अवस्थामा पायल्स हानिरहित हुन्छ ।

यसको उपचार पनि सहज हुन्छ । यद्यपि कतिपयमा भने यसले जटिल समस्या निम्त्याउने गर्छ । पायल्सको कारण अत्याधिक पीडा भएमा चिकित्सकलाई देखाउनैपर्छ ।

लामो समय रक्तश्राव भएमा रगतमा रातो रक्तकोशिका कम भई रक्तअल्पता हुनसक्छ ।

मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ ।

पायल्स आकारमा फरक हुन सक्छ, र ती गुदा भित्र वा बाहिर पाइन्छ। पायल्स हुने मुख्य कारण भनेको कब्जियतको समस्या हो ।

कब्जियत भएमा मल त्याग गर्न बलको आवश्यकता पर्छ । यसरी बल लगाउँदा मलद्वारा वरिपरिको नशा फुटेर पायल्सको समस्या निम्तने गर्छ ।

यसले मलद्वारमा पीडा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन ।

तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले लिभर सिरोसिसको समस्या निम्त्याउँछ ।त्यस्तै, निरन्तरको पखला, पाचनमा समस्या वा शौचालयमा लामो समयसम्म बस्ने बानीले पनि पायल्स हुनसक्छ ।

तारेको, भुटेको, मसलेदार खानेकुरा, निस्क्रिय जीवनशैली, अनिद्रा, धुम्रपान, मद्यपान आदिले समेत पायल्सको समस्या निम्त्याउन सक्छ ।

पायल्सको जोखिमबाट बच्न सन्तुलित र सुपाच्य खानपान, पर्याप्त झोल पदार्थ वा पानी, फलफूल, फाइबरयुक्त सागसब्जी आदिको सेवन गर्नु आवश्यक हुन्छ ।

बरफको सेकाई(मलद्वारामा रहेको नशाहरु फुलेमा वा फुटेमा पायल्स हुने भएकोले पाइल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ ।

शरीरलाई सफा राख्ने(पायल्सको समस्या कम गर्ने अर्को उपाय भनेको पायल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो ।

प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्वार वरिपरिको क्षेत्रलाई सफा गरेर पनि शरीरलाई सफा राख्न सकिनछ ।

मलद्वारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा विना साबुन सादा पानीले पनि सफा गर्न सकिन्छ ।

खानपिनमा विशेष ध्यान दिनु साथै प्रशस्त पानी पिउने अनि मूलाको सेवन गर्दा फाइदाजनक हुन्छ ।

ख्याल राख्नुपर्ने कुरा

–पायल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नुपूर्व सावधानी अपनाउनु पर्छ ।

–पायल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।

–कुनै औषधिले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचारको थालनी गर्नु पर्छ ।

 

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्