Logo
६ जेष्ठ २०८१, आईतबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रिपरिषद बैठक : विदेशमा अफ्ठयारोमा परेका नेपालीवारे विशेष निर्णय हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । बैठक नियमित भएपनि खासगरी विदेशमा अफ्ठयारोमा परेका नेपालीवारे विशेष निर्णय समेत हुनेछ ।

यता, वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा पुगेका नागरिकलाई कोभिड–१९ कारण उद्धार गर्दा उनीहरुबाट भाडा नलिन सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ।

सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो।

सरकारले विभिन्न देशबाट तत्काल २४ हजार नागरिकलाई उद्धार गरी ल्याउने र उनीहरुबाट लिने भाडासमेत सरकारले सार्वजनिक गरेपछि त्यसका विरुद्ध अधिवक्ता सोमप्रसाद लुइँटेलसहित चारजनाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्