Logo
५ जेष्ठ २०८१, शनिबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोर बिजोर प्रणाली भोलीदेखि प्रभावकारी रुपमा कार्यान्वयन गरिने

भोली (सोमबार) देखि सरकारले जोर बिजोर प्रणाली अनुसार स्तहः स्फूर्त रुपमा सवारी चल्न दिने भएको छ ।

असार १ गतेदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर) र मोपेडसहितमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको बताएका छन ।

सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्