Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा युवा कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

छिमेकी देश भारत स्थित बिहारमा नेपालको प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपालको सिमानामा भारतीय नागरिकलाई प्रहरीले गोली हानेको भन्दै आन्दोलनकारीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो ।

सीतामढी जिल्ला युवा कांग्रेसका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । नेपाल प्रहरीको गोली लागि स्थानीय विकास कुमारको मृत्यु भएको उनीहरुको आरोप रहेको छ ।

प्रदर्शनकारीहरुले नेपाल प्रहरीको बिरूद्धमा समेत नाराबाजी गरेका छन् । आन्दोलनकारीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मौनतामाथि समेत प्रश्न गरेका छन् ।

स्थानीय विहार खबरका अनुसार कार्यक्रममा युवा कांग्रेस जिल्ला अध्यक्ष शमश शाहनवाजले नेपालले नक्शाकोबारेमा विवाद गरेर अब भारतीयमाथि गोली हानेर आफ्नो नराम्रो अभिप्राय प्रकट गरेको आरोप लगाए ।

उनले मोदी सरकार चुपचाप तमाशा हेरिरहेको समेत उनको आरोप रहेको छ ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्