Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भाजपा नेतृत्व पंक्ति जिम्मेवार : भारतीय कंग्रेस

भारतको बिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले भारत सरकारकै कारण भारत-नेपालबीचको सम्बन्धमा दु:खद दिन आएको बताएको छ ।

नेपालले लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ राजनीतिक नक्सा निसान छापमा राख्न संविधान संशोधन विधेयक संसद्बाट पारित गरेको सन्दर्भमा भारतको विपक्षी दलले दुई देशबीचको सम्बन्धका लागि दु:खद दिन भएको जनाएको हो ।

नेपालको संसद्ले शनिबार संशोधन विधेयक पारित गरेपछि साँझपख कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दु:खद दिन हो ।’

कांग्रेसले नेपाल र भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार रहेको आरोप लगाएको छ ।

‘आफूलाई बलियो नेतृत्व दाबी गर्ने भाजपाको नेतृत्वले राष्ट्रिय हित रक्षा गर्ने मामिलामा शुर्तमुर्गको जस्तो व्यवहार देखाएको छ,’ सुर्जेवालाले भनेका छन् ।

कंग्रेसले टेलिभिजनका भ्रामक युद्धले परिपक्व राजनीतिक नेतृत्वको पूर्ति गर्न नसक्ने पनि दाबी गरेको छ ।

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्