Logo
२३ बैशाख २०८१, आईतबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखले आफूलाई बोल्न नदिएको भन्दै संसदबाट बाहिरिइन् सरिता गिरी [भिडियो]

जसपा बन्ने क्रममा रहेको समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठकबाट बाहिरिएकी छन् । सभामुखले आफूलाई बोल्न नदिएको भन्दै उनी संसद बैठकबाट बाहिरिएकी हुन् ।

सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका थिए ।

संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा सुरुमा बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।

सभामुखले बोल्न नदिएको र सरकारले तथ्य तथा प्रमाणमा आधारित भएर नक्सा जारी नगरेको सांसद गिरीको आरोप थियो ।

उनले सरकारले पछिल्लो समय नेपाल-भारत सीमा सम्बन्धि प्रमाण जुटाउन समिति गठन गरेको विषयलाई उल्लेख गर्दै नेपालसँग प्रमाण नभएको बताएकी हुन् ।

भिडियो :

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्