Logo
५ जेष्ठ २०८१, शनिबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीकोटमा टिपर दुर्घटना हुदाँ २ जनाको मृत्यु, ४ घाइते र ३३ जना बेपत्ता

सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरूलाई क्वारेन्टिनस्थलमा लिएर जाँदै गरेको टिपर कर्णालीमा खसेको छ ।

कालीकोटको लालीघाटबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान १० बजे कर्णालीमा खसेको प्रहरीले जनाएको छ ।

ना८ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।हालसम्म दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए ।

सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरूलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुगेका छन् । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरूको टोली उद्धारमा खटिएका छन् ।

 

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्