Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिदै : एकैदिनमा १० हजार मानिसमा संक्रमण पुष्टि

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार एकैदिन झण्डै १० हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।

बुधबार ९ हजार ९८५ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या दुई ७६ हजार ५८३ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार कोभिड-१९ बाट २७९ जनाको मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको कुल संख्या सात हजार ७४५ पुगेको छ ।

कुल संक्रमित मध्ये एक लाख ३५ हजार २०५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । भारतमा हरेक दिन परीक्षणका लागि एक लाख ५० हजार भन्दा बढी नमूना संकलन हुने गरेको सरकारी दाबी छ ।

अहिलेसम्म ५० लाख भन्दा बढीको नमूना परीक्षणका लागि लिइएको छ ।

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्