Logo
५ जेष्ठ २०८१, शनिबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएकाको नेपाली सेनाद्वारा अन्त्येष्टि

चितवन : बागमती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ ।

भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ ।

मृतक वृद्ध भोजाडमा छोरीज्वाईको घरमा बस्दै आएका थिए । उनका छोरा विदेशमा छन् । भरतपुर महानगरपालिका-११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो ।

उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रिफर गरिएका संक्रमित वृद्धको मंगलबार विहान ७ बजे ६ मिनेट जाँदा मृत्यु भएको छ । उनी नेपालका चौधौ र चितवनको पहिलो कोरोना संक्रमित मृतक बनेका छन् ।

प्रकाशित मिति: Jun 9, 2020

प्रतिक्रिया दिनुहोस्