Logo
५ जेष्ठ २०८१, शनिबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित ३२३ जना थपिए

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दोक्रम रहेको अवस्थामा गएको २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।

हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ

प्रकाशित मिति: Jun 9, 2020

प्रतिक्रिया दिनुहोस्