Logo
५ जेष्ठ २०८१, शनिबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६७१ पुग्यो, नयाँ २० जना थपिए

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमण तिब्रगतिमा बढ्दै अवस्थामा कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।

प्रकाशित मिति: Jun 9, 2020

प्रतिक्रिया दिनुहोस्