Logo
५ जेष्ठ २०८१, शनिबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश नं ५ स्थित अर्घाखाँची जिल्लामा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्