Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोनाको महामारी : ७० लाख संक्रमित, ४ लाखको मृत्यु, ३४ लाख निको

कोरोना भाइरसको संक्रमित विश्वभर ७० लाख नाघेको छ । संक्रमणबाट मृतकको संख्या ४ लाख नाघिसकेको छ ।

वल्डोमिटरका अनुसार कुल ७० लाख ८५ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या ४ लाख ५ हजार छ । ३४ लाख निको भएका छन् ।

अमेरिकामा संक्रमित संख्या २० लाख पुगेको छ । मृतक १ लाख १२ हजार छन् । ब्राजिलमा ६ लाख ९१ हजार संक्रमित भइसकेका छन् ।

रुसमा ४ लाख ६७ हजार, स्पेनमा २ लाख ८८ हजार, बेलायतमा २ लाख ८६ हजार भारतमा २ लाख ५७ हजार संक्रमित संख्या छ ।

कोरोना भाइरसको खोप र औषधी विकास नहुँदा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्