Logo
६ जेष्ठ २०८१, आईतबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेताको चौथो स्थानमा डा.भट्टराई, पाचौंमा महतो, समितिमा अनिल र राजकिशोरका नेता परेनन्

कुनैबेला माओवादीमा दोस्रो वरियताका नेता रहेका डा.बाबुराम भट्टराइ नव गठित जसपामा भने चौथो स्थानमा पुगेका छन् ।

त्यसैगरी तत्कालिन सदभावनाका अध्यक्ष राजेन्द्र महतो भने पाचौं स्थानमा छन् ।

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

कागजात दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

क्रमस ठाकुर र यादवपछि तेस्रो स्थानमा भने अशोक राई रहेका छन् ।

डा. भट्टराईको नाम २ नम्बरमा लेखिएको देखिएता पनि पछि टिपेक्स लागाएर हटाइएको देखिन्छ ।

त्यसैगरी उक्त लिष्टमा भने अनिल झा र राजकिसोर यादव खेमाका नेताहरुको नाम भने समावेश गरिएको देखिदैन ।

झा र यादवको नाम भने उल्लेख छ तर उनका अन्य नेताहरुको नाम भने उल्लेख छैन । त्यसैगरी राजपा खेमाबाट प्रदेश १ का कोहि पनि नेता परेका छैनन् ।

सुनसरी मोरङको नाममा संविधान संसोधनको राजनीति गर्दै आएको राजपा खेमाबाट कोहि पनि नेता प्रदेश १ का नपर्नु निकै नै दुख्द भएको नेताहरु बताउँछन् ।

नव गठित पार्टीमा २ अध्यक्ष र ३ जना वरिष्ठ नेता रहेका छन् । यद्यपी निवार्चन आयोगले भने आधिकारिता प्रदान गर्न बाँकी रहेको छ ।

पार्टी दर्ता गराउन राजपा नेपालका नेताहरु आइतबार निर्वाचन आयोग पुगेका छन् ।

५३ सदस्यीय समिति रहेको पार्टीभित्र २ जना कार्यकारी अध्यक्ष र ३ जना वरिष्ठ नेता समेत पाँच नेताहरु पदाधिकारी रहने गरी कागजात निर्वाचन आयोगमा बुझाइएको छ ।

यसअघि डा. बाबुराम अध्यक्षलाई संघीय अध्यक्ष दिने भनिएको थियो तर निर्वाचन आयोगमा बुझाइएको कागजातमा भट्टराई सहित ३ जना वरिष्ठ नेता रहेका छन् ।

त्यसैगरि आज उल्लेख गरिएको नामावली सुचीमा सरिता गिरिको नाम छैन ।

उनले आफ्नो पार्टीलाई उपेन्द्र यादवको समाजवादी पार्टीसँग मर्ज गरेकी थिईन । हाल सपाकी सांसद समेत रहेकी गिरि समाजवादीको सुचीबाट समेत नयाँ कार्यसमितिको मूल समितिमा पुग्न असफल भएकी छन् ।

यद्यपि पुराना तत्कालीन समितिमा रहेकाहरुका लागि पनि आजको कागजातमा बोलिएको छ । तर ५३ सदस्यीय मूल समितीमा भने धेरै नेताहरू छुटेका देखिन्छन् ।

हेर्नुस् फोटो-फिचर :

 

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्