Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुग्यो, आज नयाँ ५४ जना थपिए

कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३र३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६४१ पुगेको छ । जसमध्ये ७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्