Logo
१३ बैशाख २०८१, बिहीबार
(June 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेश : पाँच हजार २४४ नेपाली भित्रिए, ८१५ भारतीय बाहिरिए

शुक्रबार भारतमा कामका लागि गएका पाँच हजार बढी नेपाली नागरिक नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार २४४ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् ।

सात सय १५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक रवीन्द्रनाथ पौडेलले बिहीबारभन्दा केही सङ्ख्या घटेको बताउँदै गड्डाचौकी नाकाबाट एक हजार ५१ जना नेपाली नागरिक भित्रिएको बताउनुभयो ।

उक्त नाकाबाट भारत जानेको सङ्ख्या भने शुक्रबार अरु दिनभन्दा बढेको छ । चार सय २९ भारतीय नागरिक गड्डाचौकी नाका भएर भारत गएका छन् ।

कैैलालीको गौरीफन्टा नाकाबाट नेपाल आउने नेपालीको सङ्ख्या बिहीबार भन्दा शुक्रबार बढेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उक्त नाकाबाट चार हजार १९३ नेपाली नागरिक भित्रिएका छन् भने २८६ भारतीय नागरिक बाहिरिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपाली करिब ८४ हजार पुगेको छ भने बाहिरिने भारतीय नागरिक करिब १२ हजार पुगेको छ ।

प्रकाशित मिति: Jun 6, 2020

प्रतिक्रिया दिनुहोस्