Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा अधिकृतको निधनपछि मंगलबार पालिकाभर शोक बिदा

दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुखको निधन भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत केशवराज ओझाको सोमबार बेलुका मोटरसाइकल चलाइरहेको समयमा सडकमाथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार लेकम गाउँपालिका– ४, गोदालीस्थित भित्री सडकखण्डमा रिठाचौपाताबाट सोही गाउँपालिकातर्फ जाँदै गरेका ओझालाई सडकमाथिबाट खसेको ढुंगा लागेको थियो । ‘ओझाले सुपप्र ०१–००१ प ७२९ नम्बरको मोटरसाइकल चलाइरहेका थिए,’ डीएसपी दाहालले भने, ‘त्यो क्षेत्रमा सडक निर्माणको कार्य भइरहेको छ । सडकमाथिबाट ढुंगा खसेर ओझालाई लागेपछि ओझा गम्भीर घाइते भएका थिए ।’

घाइते ओझालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन् । शिक्षा अधिकृत ओझाको निधनपछि मंगलबार पालिकाभर शोक बिदा दिइएको छ ।

प्रकाशित मिति: May 6, 2025

प्रतिक्रिया दिनुहोस्