Logo
१६ बैशाख २०८१, आईतबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको अवस्थामा गण्डकी प्रदेशमा पनि संक्रमित बढ्दै गइरहेको सो आज मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा र पर्वतमा ५-५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको  डा शर्माले जानकारी दिए ।

पर्वत जिल्लामा कोरोना संक्रमित पहिलो पटक भेटिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्