Logo
२३ बैशाख २०८१, आईतबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवम् सिमेन्ट्को व्यापार खस्कियो, आम्दानीमा सवा अर्बले गिरावट!

आफूलाई सबैभन्दा ठूलो उद्योग मान्ने शिवम् सिमेन्ट्को व्यापार पछिल्लो समय खस्किदै गएको छ ।
त्यसको असर कम्पनीको आम्दानीमा देखिन लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिभम् सिमेन्ट उद्योगको मुनाफा र आम्दानी दुवै घटेको छ ।

सो उद्योगको मुनाफा ७९ करोड २४ लाखमा सीमित भएको छ । गत आर्थिक वर्षको तुलनामा सवा अर्बभन्दा बढिले आम्दानी घटेसँगै कम्पनीको मुनाफा प्रभावित भएको हो ।

अघिल्लो वर्ष सोही अवधीमा कम्पनीले एक अर्ब पाँच करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा यस वर्ष कूल आम्दानीमा भारी गिरावट आएसँगै मुनाफा घटेको हो । कम्पनीले हालै प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ ।

अघिल्लो वर्ष सोही अवधीमा आठ अर्व ३७ करोड रुपैयाँ थियो । कम्पनीको कूल आम्दानी एक अर्ब २९ करोड भन्दा बढिले घटेको छ । कम्पनीको खुद नाफा २६ करोड ६५ लाख रुपैयाँ घटेर ७९ करोड २४ लाखमा सीमित भएको छ ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ । यस वर्ष शेयर कारोबारमा धेरैले रुचाएको शिवम्को नाफा घटेको हो ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ २८ पैसा र प्रतिशेयर कुल सम्पत्तीको मूल्य ३०९ रुपैयाँ १ पैसा रहेको थियो । लकडाउन भएपनि सिभम् सिमेन्ट उद्योग भने सञ्चालन भइरहेको छ । यस वर्ष सिमेन्ट उद्योगमा कडा प्रतिस्पर्धाका कारण समेत शिवम् सिमेन्टको नाफा प्रभावित भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्