Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ब्याक अफ ईण्डिया’ र ‘ओली सरकार राजीनामा दे, भन्दै नारा लगाउने युवाहरु पक्राउ

छिमेकी देश भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा प्रदर्शन गर्नेहरु युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आज अपरान्ह युवाहरुको एक समूहले माईतीघर मण्डलामा प्रदर्शन गरेको थियो । चर्को नाराबाजी गर्दै माइतिघर पुगेका ती युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लगाएका थिए ।

यसअघी भारतीय दूतावासमा जुलुश तथा धर्ना दिन गएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित् भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचोर नपुग्दै उत्तरढोका अघिबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शन गर्ने करिब ३० जना विद्यार्थीहरुलाई प्रहरीले भ्यानमा हालेर लगेको छ ।

पक्राउ पर्नेहरुमा अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली, केन्द्रिय सदस्यहरु महेश श्रेष्ठ, अशोक थापा, रोहन विष्ट र उत्तर खड्कालगायत ३० जना रहेका छन् ।

 

प्रकाशित मिति: May 9, 2020

प्रतिक्रिया दिनुहोस्