Logo
५ जेष्ठ २०८१, शनिबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षा नगराउन सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले एसईईको परीक्षा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले अहिलको अवस्थामा एसईई परीक्षा गर्नु उपयुक्त नहुने भन्दै शिक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए ।

भर्नासम्बन्धी कुनै पनि काम नगर्ने, एसईई पनि अहिले नगर्ने र स्थिती बुझेर अघि बढ्‍न समितिको निर्णय छ,” उनले भने ।

त्यस्तै, बैठकले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन पनि निर्देशन दिएको छ । लकडाउनका कारण चैतमा हुने एसईई परिक्षा अन्योलमा पर्दै आएको छ ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्