Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरूद्धको लडाइँ जित्न स्वास्थ्यकर्मीको मनोबल बढाऔँ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उहाँहरूको मनोबल उच्च बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले दिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको बताउनुभयो ।

उहाँले सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट रोक्न सहयोग पुग्ने बताउनुभयो ।उहाँले स्वास्थ्य सामग्री सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागि आभार प्रकट गर्नुभयो ।

मन्त्री ढकालले प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमा बितरण गरिरहेका भैरहेको भन्दै कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिन सक्ने बताउनुभयो ।

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराउँदै थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्