Logo
२२ बैशाख २०८१, शनिबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा थप २ साता लकडाउन कायम राख्ने निर्णय

छिमेकी देश भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे ABP न्युजले जनाएकाे छ।

लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।
शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन्।

तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन्।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्